१६ फाल्गुन २०७७, आईतवार , ०३:५९

काठमाडौं – नेकपा प्रचण्ड–माधव नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको पुतला बनाएर जुत्ताले हानेका छन् ।

सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै उनको पुतला बनाएर जुत्ता हानेका हुन् । त्यसक्रममा विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुतला बनाएर जुत्ता प्रहार गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *