१४ मंसिर २०७७, आईतवार , ०७:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक आव्हान गरेपछि अन्यौलमा परेको सचिवालय बैठक बस्ने निश्चित भएको छ ।

समय जुध्ने गरी आज अपरान्ह १ बजे नै क्याबिनेटको बैठक बोलाएपछि सचिवालय बैठक नबस्ने आशंका बढेको थियो ।

तर चौतर्फी दबाबपछि ओलीले मन्त्रीपरिषदको बैठक केही समय पछाडि सारिएको श्रोतले जानकारी दियो ।

मन्त्रीपरिषदको बैठक सरेपछि सचिवालयको बैठक बस्ने निश्चित भएको हो ।

आजको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्तावको जवाफी प्रस्ताव पेश गर्ने सम्भावना रहेको छ ।

यसअघि अध्यक्ष प्रचण्डले अध्यक्ष ओली र सरकारको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावमा ओली सरकारले बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता गरेको, न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास गरेको, प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको, भ्रष्टाचारका अनेक प्रकरण भए पनि अख्तियार प्राप्त निकायबाट छानबिनसमेत नगराई प्रधानमन्त्रीबाटै निर्दोष घोषणा भएको, एमसिसीबारे प्रतिवेदनमा छलफल नगरी बजेटमा समावेश गरिएको, समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की दिने गरेको र चरम व्यक्तिवादी प्रवृत्ति हाबी भएको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *