१८ मंसिर २०७७, बिहीबार , ०३:३१

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध राजस्थान रोयल्स ६० रनले पराजित भएको छ ।

केकेआरले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

उसका लागि राहुल तेवटियाले ३१, जोश बटलरले ३५, बेन स्टोक्सले १८, श्रेयस गोपालले अविजित २३, रोबिन उथप्पा, जोफ्रा आर्चरले ६/६, कप्तान स्टिभ स्मिथले ४, कार्तिक त्यागीले २ र सञ्जु सामसनले १ रन बनाए ।

बलिङमा प्याट कमिन्सले ४, वरुण चक्रवर्तीले ३, शिबम माबीले २ र कमलेश नगरकोटीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

उसका लागि कप्तान इयोन मोर्गनले शानदार ब्याटिङ गरे । उनले आज ३५ बलमा ६ छक्का र ५ चौकासहित अविजित ६८ रन बनाए ।

त्यस्तै, शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र प्याट कमिन्सले १५ रन बनाए ।

सुनील नारायण, नीतिश राणा र दिनेश कार्तिक भने आज शून्यमै आउट भए । बलिङमा राजस्थानका राहुल तेवटियाले ३, जोफ्रा आर्चर र श्रेयस गोपालले एक/एक विकेट लिए ।

आजको हारसँगै राजस्थान ‘प्लेअफ’दौडबाट बाहिरिएको छ । राजस्थान ‘प्लेअफ’दौडबाट बाहिरिने तेस्रो टोली हो । यसअघि किंग्स इलावेन पञ्जाब र चेन्नई सुपर किंग्स (सीएसके) पनि अन्तिम चार पुग्न असफल भएका छन् ।

आईपीएल २०२० मा राजस्थानले १४ खेलमध्ये ६ म्याच मात्र जित हासिल गर्न सफल भयो ।

केकेआरको भने ‘प्लेअफ’पुग्ने सम्भावना जीवितै छ । उसले लिग चरणका १४ म्याचमध्ये ७ मा जित र ७ खेलमा हारको सामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *