१६ फाल्गुन २०७७, आईतवार , ०४:०४

काठमाडौं – राष्ट्रिय महिला लिगमा अहिले दुई विभागिए टिम नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो हाफको खेल सकिँदा पुलिस एक शुन्यले अगाडी रहेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले आत्मघाती गोलबाट पहिलो हाफमा अग्रता बनायो । खेलको १७ औं मिनेटमा पुनम जर्गा मगरले आत्मघाती गोल गरेपछि पुलिसले खेलमा एक शुन्यको अग्रता लिन सफल भयो । रंञ्जिता गुरुङको कर्नरमा अमृता जैशीले हेड गरेको बल पुनम जर्गा मगरको हातमा ठोकिएर गोल हुन पुग्यो ।

त्यसपछि आर्मीले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । आजको खेलमा यदि आर्मी पराजित वा बराबरीमात्र राकिएपनि अर्को विभागिए टिम एपीएफले उपाधि पक्का गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *