काठमाडौं – नबिल बैंकले संचालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट उदय कृष्ण उपाध्यायलाई नियुक्त गरेको छ ।
सोमबार बसेको संचालक समितिको बैठकले बैंकको रिक्त रहेको उपाध्यक्ष पदमा उपाध्यायलाई नियुक्त गरेको हो । उपाध्यायले फागुन १० गतेबाट जिम्मेवारी सम्हालेको बैंकले जनाएको छ ।