१४ मंसिर २०७७, आईतवार , ०६:५९

सिरहाः २२ वर्षीया महिलालाई जबरजस्ती करणीपछि अश्लिल भिडियो बनाएर व्ल्याकमेलिङ गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरा रहेका छन् । ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय जितन रामले बलात्कार गरेको भिडियो अजयले खिचेको प्रहरीले जनाएको छ ।

सो भिडियो देखाएर अजयले व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक बलात्कार योजना बनाएका थिए ।

हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *