१४ मंसिर २०७७, आईतवार , ०७:०२

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आजै पार्टीको सचिवालय बैठक बस्ने बताएका छन् ।

उनले पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकमअनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकमअनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।’

पार्टी विवाद उत्कर्षमा पुगेका बेला सचिवालय बैठकको समय मिचेर नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बेलाएका छन् । पार्टीको बैठक छल्न ओलीले आजै १ बजे नै मन्त्रिपरिषद बैठक डाकेका थिए ।

सचिवालय बैठककै समयमा ओलीले मन्त्रिपरिषद बेलाएपछि सचिवालय बैठक के हुन्छ भन्ने अन्यौतलाका माझ प्रवक्ता श्रेष्ठले बैठक नरोकिने स्पष्ट पारेका छन् ।

शुक्रबारको सचिवालय बैठकमा ओलीको पत्र, त्यसको जवाफमा प्रचण्डको प्रत्युुत्तर पत्र र सचिवालय बैठकमा ओलीमाथि थप आरोपहरु लगाउँदै प्रचण्डले पेस गरेको प्रस्तावका कारण नेकपाभित्रको अन्तरविरोध नयाँ मोडमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *