१४ मंसिर २०७७, आईतवार , ०७:०१

काठमाडौं : बलिउड गायिका नेहा कक्कड र गायक रोहन प्रित सिंह आज बिहे गर्दैछन् । उनीहरूको बिहेको तयारी भने केही दिनदेखि चलिरहेको छ । नेहा र रोहनले दिल्लीमा बिहे गर्दैछन् । यसका लागि उनीहरू परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए ।

दिल्लीमा नेहाको हल्दी र मेहेन्दीको कार्यक्रम आयोजना भएको थियो । नेहा र उनको आफन्तले सामाजिक संजालमा उनको मेहेन्दी कार्यक्रमका तस्वीर पनि शेयर गरेका छन् ।

नेहा र रोहन केही समयदेखि प्रेम सम्बन्धमा थिए । नेहा र रोहनले केही साता अगाडि मात्र आफूहरुको सम्बन्धको खुलासा गर्दै बिहे गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *