१६ फाल्गुन २०७७, आईतवार , ०३:२३

काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले अपराजित यात्रा कायमै राखेको छ । एपीएफका लागि सावित्रा भण्डारीले आठ गोल गरिन् ।

एन्फा कम्प्लेक्सकाे मैदानमा भएकाे खेलमा एपीएफले साेमवार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई चाैध–शून्य गोलले हराएको छ ।

सावित्राले खेलकाे चाैथाे,  १८ औँ, ३६ औँ,  ४३ औँ, ५३ औँ, ५६ औँ, ७२ औँ  र ८७ औँ मिनेटमा गाेल गरिन् ।

यस्तै अनिता केसीले २४ औँ र ४० औँ, अनिता बस्नेतले पहिलाे हाफकाे थपिएकाे समयमा र ६४ औँ मिनेटमा तथा अनु लामाले ७६ औँ र रविना गोलेले ७९ औँ मिनेटमा गाेल गरिन् । 

याे जितसँगै शीर्ष स्थानमा रहेको एपीएफको २१ अङ्क भएको छ । चौदण्डीगढीले अहिलेसम्म एउटा खेल पनि जित्न सकेको छैन । प्रतियोगितामा मङ्गलवार त्रिभुवन आर्मी र वालिङ नगरपालिका तथा नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *