१४ मंसिर २०७७, आईतवार , ०७:३३

२७ कात्तिक । कोरोना जोखिम भत्ता नपाएपछि बुटवलमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन् ।

अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको छ । तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको एक मेडिकल अधिकृतले बताए ।

काम छोडेका मेडिकल अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *