१८ मंसिर २०७७, बिहीबार , ०३:३८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् ।

उनकाे स्थानमा नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलर रक्षामन्त्री हुनेछन् ।

पछिल्ला केही साताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो ।

अमेरिकामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् । उनले नतिजालाई अदालतमा चुनौती दिने बताउँदै आएका छन् ।

अमेरिकामा आगामी २० जनवरीमा बाइडनले पदभार ग्रहण गर्नु अघिसम्म ट्रम्पले निर्णय गर्न पाउने छन् । ट्रम्पले पछिल्लो घोषणा गरेको केही बेरमै मीलर पेन्टागनस्थित रक्षा मन्त्रालय प्रवेश गर्दै गरेको देखिएको थियो ।

केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्न ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिएका थिए ।

प्रहरीले अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याको विरोधमा भएका प्रदर्शनहरू अन्त्य गर्न सेना प्रयोग गर्ने धम्की ट्रम्पले दिएका थिए । गत जुनमा पूर्व सैन्य अधिकारी समेत रहेका एस्परले सेनाको प्रयोग आवश्यक नरहेको बताएका थिए।

उनको सो टिप्पणीबाट ह्वाइट हाउस चिढिएको बताइएको छ। सो टकराबका कारण राष्ट्रपतिले रक्षामन्त्री हटाउने आङ्कलन गरिएको थियो ।

तर सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *