१६ फाल्गुन २०७७, आईतवार , ०३:३१

सप्तरीः तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बगैंचामा छोपिएको अवस्थामा एक बालक आज मृत भेटिएका छन् ।

स्थानीयवासी रोहित मुखियाका पाँच वर्षीय छोरा आनन्दको शव छोपिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । खेल्न निस्केका बालक घर नफर्किएपछि बिहीबार वेलुका ९ः०० बजेतिर प्रहरीमा खबर गरिएको थियो ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार ट्रयाक्टरले किचेर बालकको मृत्यु भएपछि चालकले शव आँपको बगैंचाको पातले छोपेर लुकाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

स १ त ७७५२ नम्बरको ट्रयाक्टरले बालकलाई किचेर मारेको प्रहरीले जनाएको छ । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *