
यो बर्षको इदमा नायक सलमान खानको चलचित्र रिलिज हुन सकेन । कोरोना महामारीका कारण लकडाउन भएपछि राधे रिलिज हुन नसकेको हो । यो चलचित्र प्रभुदेवाको निर्देशनमा छ । हाल चलचित्रको पोष्ट प्रोडक्शनको काम चलिरहेको छ ।
ट्रेलर नै सार्वजनिक नभएको अवस्थामा पनि यो चलचित्रलाई , भारतीय मिडियाका अनुसार, जी स्टूडियोले २ सय ३० करोडमा खरिद गरेको छ ।
सलमानको चलचित्रको डिजिटल र सेटलाइट्समा पनि निकै नै माग छ । यसैले पनि
जीले महंगो रकम तिर्दा पनि लगानी उठ्नेमा विश्वास लिएको भारतीय मिडियाले
उल्लेख गरेको छ ।
यो चलचित्रमा सलमानसँगै नायिका दिशा पटानीको पनि मुख्य भूमिका छ ।