११ मंसिर २०७७, बिहीबार , ०१:४१

काठमाडौंः अनलाइनमार्फत सेवा दिँदै आएको दराजले ठगी गरेको पाइएको छ । एउटा कम्पनीको सामान अर्डर गर्दा अर्कै कम्पनीको सामान ल्याइदिएर दराजले ठगी गरेको हो ।

आदित्य चापागाईंलाई असोज १३ गते दराज एपमार्फत कुलबेल ब्याग अर्डग गरे । सामान घरमै आइपुग्यो । कोरोना संक्रमणमा कारण उनले सामान पुगेको दिन हेरेनन् ।

उनले कोरोना जितेपछि मात्रै उक्त ब्याग हेरे । तीन दिनपछि हेर्दा उनले मगाएको कुलबेल ब्याग नभएर अर्कै कम्पनीको ब्याग ल्याइदिएको रहेछ । उनले भने, ‘दराजले दिएको ब्याग मैले मगाएको भन्दा अर्के कम्पनीको मात्रै हैन, गुणस्तरीय पनि छैन ।’

तिन दिनअघि हेरेका चापागाईंले फिर्ता गरिदिन दराजलाई आग्रह गरे । तर, समय सकिएको भन्दै दराजले अर्कै कम्पनीको ब्याग फिर्ता गर्न मानेको छैन ।

उनले गुनासो गर्दै भने, ‘सामान लिएको ७ दिनभित्र मात्रै फिर्ता गर्न मिल्ने भन्दै दराजले ब्याग फिर्ता लिएन, त्यो ठिकै छ । तर, अर्डर गरेको भन्दा अर्कै कम्पनी र कम गुणस्तरीय भए न फिर्ता गर्नुपर्छ नि ।’

दराज अनलाइनको एप डाउनलोड गरेर सामान किन्नेहरु ठगिने गरेको गुनासो आएता पनि नियमन गर्ने निकाय कानमा तेल हालेर बसी दिदा जनता मारमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *