११ मंसिर २०७७, बिहीबार , १२:४१

काठमाडौं  : मुम्बई इण्डियन्स यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

दिल्लीलाई ५७ रनले हराउँदै मुम्बई आईपीएलको फाइनलमा प्रवेश गरेको हो ।

दुबईमा भएको खेलमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

उसका लागि मार्कस स्टोइनिसले ६५, अक्क्षर पटेलले ४२ र कप्तान श्रेयस अय्यरले १२ रन बनाए । मुम्बईविरुद्ध दिल्लीका चार खेलाडी शून्यमै आउट भए ।

बलिङमा जसप्रीत बुमराहले करियरकै उत्कृष्ट बलिङ गरे । उनले आज ४ ओभरमा एक मेडनसहित १४ रन दिएर ४ विकेट लिए । त्यस्तै, ट्रेन्ट बोल्टले २ किरण पोलार्ड र कुणाल पाण्ड्याले एक/ एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायो ।

उसका लागि सूर्यकुमार यादवले ५१, इशान किशनले अविजित ५५, क्विन्टन किककले ४०, हार्दिक पाण्ड्याले १४ बलमा ५ छक्कासहित नटआउट ३७ र कृणाल पाण्ड्याले १३ रन बनाए ।

बलिङमा रविचन्द्रन आश्विनले ३, एनरिक नोर्टजे र मार्कस स्टोइनिसले एक/रएक विकेट लिए ।

आज पनि सन्दीप बेन्चमै

लिग चरणका कुनै पनि खेलमा मौका नपाएका दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आज पनि प्लेइङ-११ मा अवसर पाउन असफल भए ।

योसँगै सन्दीपले आईपीएल २०२० मा कुनै पनि म्याचमा मौका नपाउने सम्भावना निश्चित जस्तै भएको छ । आज दिल्लीले अघिल्लो खेलमै प्लेइङ-११ लाई निरन्तरता दिएको थियो ।

मुम्बईले भने प्लेइङ-११ मा आज तीन खेलाडी परिर्वतन गरेको थियो । उसले जेम्स प्याटिन्सन, सौरभ तिवारी र धवल कुलकर्णीलाई विश्राम दिँदै हार्दिक पाण्ड्या, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहलाई मौका दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *