११ मंसिर २०७७, बिहीबार , ०२:०६

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा दिल्ली क्यापिटल्स फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वालिफायरमा आज हैदराबादलाई १७ रनले हराउँदै दिल्ली फाइनलमा प्रवेश गरेको हो ।

दिल्ली आईपीएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्न सफल भएको हो । उसले अब उपाधिका लागि मंगलबार मुम्बई इण्डियन्सविरुद्ध खेल्ने छ ।

अबुधाबीमा भएको खेलमा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो ।

उसका लागि केन विलियम्सनले ४५ बलमा ५ चौका र चार छक्कासहित ६७ रन बनाए । त्यस्तै, अब्दुल समदले ३३, मनिष पाण्डेले २१, रियान परागले १७, राशिद खान र जेसन होल्डरले ११/११ रन बनाए ।

बलिङमा गागिसो रबाडा र मार्कस स्टोइनिसले उत्कृष्ट बलिङ गरे । अघिल्लो खेलमा विकेटविहीन बनेका रबाडाले आज चार ओभरमा २९ रन दिएर चार विकेट लिए ।

त्यस्तै, स्टोइनिसले १३ ओभरमा २६ रन दिएर तीन र अक्क्षर पटेलले चार ओभरमा ३३ रन दिएर एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनायो ।

उसका लागि शिखर धवनले ५० बलमा ६ चौका र २ छक्कासहित ७८ रन बनाए । त्यस्तै, मार्कस स्टोइनिसले ३८, शिमरोन हेटमायरले अविजित ४२ , श्रेयस अय्यरले २१ र ऋषभ पन्तले नटआउट २ रन बनाए ।

बलिङमा सन्दीप शर्मा, राशिद खान र जेशन होल्डरले एक/एक विकेट लिए ।

दिल्लीले आज पृथ्वी शा, डानियल साम्सलाई विश्राम दिँदै प्रवीण दुबे र शिमरोन हेटमायरलाई मौका दिएको थियो ।

दिल्लीमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले भने आज पनि मौका पाउन असफल भए । सन्दीपले मौका नपाएको यो १६ औँ म्याच हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *