१३ फाल्गुन २०७७, बिहीबार , १०:१९

काठमाडौँ – सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको बताउदै सूचना अधिकारी श्रेष्ठले आज बिहान संक्रमित पुरुषको मृत्यु भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *