११ मंसिर २०७७, बिहीबार , १२:५९

धनतेरसको दिन बढ्यो सुनको मूल्य

Byकान्तिखबर

२०७७ कार्तिक २८, शुक्रबार १२:५९ गते

धनतेरसको दिन सुनको मूल्यमा वृद्धि भएको छ । कार्तिक २८ गते, शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापवाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ घटेर प्रतितोला ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी पछिल्लो तीन दिन लगातार प्रतितोला एक हजार २२० रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *