११ मंसिर २०७७, बिहीबार , ०१:५२

 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुगेको छ। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठ्यो। सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भए। तर दुई वर्षसम्म घटना रहस्यमै छ। घटनाको दुई वर्षसम्म हत्यारा पत्ता नलागेपछि न्याय पाउने आश लगभग गुमेकाे छ।

पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ट्रेन्ड चलेको छ ‘जस्टिस फर निर्मला’। पन्तका हत्यारालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ ट्रेन्ड छ।

यो ट्रेन्ड पहिलो पटक प्रधानमन्त्री ओलीले सन २०१६मा फेसबुकमा राखेको प्रोफाइल पिक्चरमा कमेन्ट गरी सुरू भएको छ। सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरु नेकपा अध्यक्ष प्रचण्ड र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुकको तस्बिरमा निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान नै चलाएका छन्।

 पछिल्लो २४ घण्टामा निर्मलाको न्यायको माग गर्दै तस्बिरसहितका कमेन्ट बढी देखिएका छन् ।

यो सामग्री तयार पार्दासम्म प्रधानमन्त्री ओलीको फोटोमा   ५ लाख ६ हजार ८ सय ८ जसमा अधिकांश कमेन्ट निर्मलाको न्यायका लागि छन्। केही कमेन्ट पुराना भए पनि निर्मलाको न्यायको मागसहितका कमेन्ट पछिल्लो २४ घण्टामा ह्वात्तै बढेका हुन। तर एकै व्यक्तिले पनि धेरैपटकसम्म कमेन्ट गरेको पाइएको छ।

 उक्त अभियान हाल अझैं व्यापक बनेको छ। नेताहरुको तस्बिरमा आक्रामक रुपमा कमेन्टहरु गर्न थालिएको छ। सरकारका मन्त्री र उच्च नेताका फोटोमा मात्रै होइन हाल उक्त कमेन्ट अन्य सेलिब्रेटीका फोटोमा समेत गर्न थालिएको छ। नेपाल प्रहरी तथा केही मिडियाका तस्बिरहरू र समाचारमा समेत कमेन्ट गर्न थालिएको छ।

2 thoughts on “निर्मलालाई न्याय माग्दै सामाजिक सञ्जालमा प्रधानमन्त्रीसहित नेताहरुको तस्बिरमा कमेन्टको ओइरो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *