१३ फाल्गुन २०७७, बिहीबार , ०९:४७

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका-१० को सडकघाटमा बाटो अवरुद्ध गरेको छ । सीमा स्तम्भ न.३५ नजिक रहेको अस्थायी सडकलाई एसएसबीले अवरोध गरेको हो ।

अहिलेसम्म प्रयोग गर्दै आएको बाटोलाई ‘नो मेन्स लेण्ड’ भन्दै भारतीय पक्षले अवरोध गरेपछि किसानले काटेको उखु मिलमा लैजान पाएका छैनन् । यो क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने झन्डै सीमा १ सय ५० मिटर भारततिर पर्ने देखिएको छ ।

सोही क्षेत्रमा एसएसबीले केही समयअघि बनाएको अस्थायी पोष्ट स्थानीय जनता र सशस्त्र प्रहरीले हटाइदिएका थिए । सोही विषयमा अनावश्यक इगो साँधेर एसएसबीले नेपालीलाई दुःख दिन खोजेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले बताए । उनले एसएसबीले भारतीय किसानलाई बाटो प्रयोग गर्न दिए पनि नेपालीमाथि भने अवरोध गरेको जानकारी दिए ।

‘हामीले अस्थायी पोष्ट हटाएपछि एसएसबीले इगो साँध्न खोजेको देखियो,’ भट्टले भने, ‘अस्थायी पोष्ट हटाए पनि उनीहरू ट्रकमा आएर सोही ठाउँमा दिनभर बस्ने र साँझ फर्किने गरेका छन् ।’

उनले नेपाली र भारतीय दुवै पक्षले सोही बाटो प्रयोग गर्ने गरेको भएपनि भारततर्फ वैकल्पिक बाटो भएपनि नेपालतर्फ नभएका कारण किसानले काटेको उखु खेतमै सुक्ने अवस्था आएको भट्टले बताए ।

उनले भारतीय पक्षलाई वर्षौदेखि प्रयोग गर्दै आएको बाटोमा अवरोध नगर्न आग्रह गरिएको भन्दै सम्बन्धित नियकाले समस्या समाधान गर्न तत्काल ध्यान दिनुपर्ने स्पष्ट पारे ।
सोही नगरपालिका मेयर पोतिलाल चौधरी स्थानिय उखु किसानको उखु खेतमै सुक्दा पनि थाहा नपाए झै बसिराखेका छ्न ।किसानको उखु खेतमा सुक्दै गर्दा पहल गर्नुको सट्टा केही स्थानिय युवाहरुलाइ घरमै बोलाएर भोज गरेका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *