१३ फाल्गुन २०७७, बिहीबार , ०९:३९

काठमाडौं – नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ ।काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *