१८ मंसिर २०७७, बिहीबार , ०३:१९

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बित्तिय विवरण प्रकाशित गरेको छ ।

पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब २३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले निर्जीवन बीमा व्यवसाय एक अर्ब ६ करोड ५४ लाख र जीवन बीमा व्यवसाय १७ करोड १७ लाख रुपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको हो।

यो अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ४१.८८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ८७ करोड २० लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यसैगरी, कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ६३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ९१ करोड ५७ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ७१ करोड ६६ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *