१४ मंसिर २०७७, आईतवार , ०६:५५

काठमाडौंः नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ ।

दरबन्दी थपिएको सम्बन्धी पत्र प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह–सचिव थानेश्वर गौतमले जानकारी दिएका छन् ।

थपिएको एआईजीको दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहनेछ । पाँच डिआइजीहरूमध्ये एक जनाका लागि साइबर ब्युरोमा दरबन्दी कायम गरिएको छ भने बाँकी चार जना डिआइजी प्रधान कार्यालयमा रहनेछन् ।

दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *