१४ मंसिर २०७७, आईतवार , ०६:३२

काठमाडौंः शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री समेत रहेको अर्का अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरूले विरोध जनाइरहेका छन् ।

प्रचण्डले पेस गरेको प्रस्तावमा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, गुटबन्दीलाई प्राथमिकता दिएको, एकाधिकारवादी भएको जस्ता दर्जनौ आरोप लगाइएको छ । पार्टी निर्णय उल्लंघन गरी एकलौटीरुपमा सरकार सञ्चालनसमेत गरेको आरोप ओलीमाथि लगाइएको छ । जसका कारण ओली पक्षीय नेताहरू प्रस्ताव फिर्ता नभए पार्टी फुट्ने चेतावनी मात्रै दिइरहेको छैनन, अगाामी मंसिर तीन गते निर्धारित बैठक पनि बस्न नसक्ने बताइरहेको छन् ।

तर, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय नेताहरू भने यो प्रस्ताव फिर्ता नहुने र यसमा उठाइएका विषयहरुमाथि पार्टी बैठकमा गम्भीर भएर छलफल गर्नुपर्ने बताउँदै आएका छन् । उनीहरू अगाामी मंसिर तीन गते निर्धारित बैठक पनि कसैले रोकेर नरोकिने दाबी गर्दै आएका छन् ।

यसैसन्दर्भमा अखिल क्रान्तिकारीका पुर्व उपाध्यक्ष तथा विद्यार्थी नेता तिलक राज भण्डारीले पनि प्रचण्डको प्रस्ताव फिर्ता नहुने ठोकुवा गरेका छन् । साथै उनले प्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष ओलीले राजीनामा दिएको राम्रो हुने सुझाव दिएका छन् । उनले हिम्मत भए उक्त प्रस्ताव बैठकमै फेस गर्न ठाडो चुनौंती दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बैठकमा पेस भएको प्रतिवेदन फिर्ता हुँदैन, हिम्मत भए फेस गर्ने नत्र केपी ओलीले राजीनामा दिएको राम्रो !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *