१३ फाल्गुन २०७७, बिहीबार , ०९:५४

काठमाडौं -एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीवार राति भएको खेलमा रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै बिल्बाओ अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बिल्बाओका राहुल ग्रासिया,इनाकी विलियम्स,जोन मोर्सिलो र युरी बेर्चिचीले गोल गरे ।

पेनाल्टी अघि जानमीले ८४ औं मिनेटमा गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा ग्रासियाले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याएका थिए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *