११ मंसिर २०७७, बिहीबार , १२:३९

सर्लाही । एकजना दश वर्षीय बालिकाले बलात्कारको प्रतिकार गर्दा उनको घाँटी रेटेर हत्याको प्रयास गरिएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेका थिए ।

बालिकाले प्रतिकार गरेपछि निज युवकले घाँटी रेटेरर हत्या गर्न खोजेको प्रहरीले जनाएको छ ।

खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ बर्षीय मुकेश मुखियाले गत शुक्रबार दिउँसो बलात्कारको प्रयास गरेपछि बालिकाले चिच्च्याएर गुहार मागेकी थिइन । बालिका चिच्च्याउन थालेपछि युवकले हँसियाले घाँटी रेट्न खोज्दा सोही समय मोटरसाइकलमा त्यही बाटो हिडिरहेका युवकले जोगाएका थिए ।

सो दिन बालिकाका आमा बुवालाई कुकुरले टोकेपछि त्यस दिन रेबिजबिरुद्वको सुई लिन सदरमुकाम मलगंवा अस्पताल गएका थिए । आमाबुवा मलगंवा गएपछि बालिका खाना खाएर सेक्टर बाँधको कुलो नजिकै घाँस काट्न गएकी थिइन् ।

उनी घाँस काटिरहँदा ती युवक साइकलमा उनको नजिकै आएका थिए । शुरुमा बोल्न खोजेपछि एक्कासी बालिकामाथि बलात्कार गर्न खोजेको बताइन्छ ।

बालिका चिच्याउन खोज्दा उनकै हँसिया लिएर उनको हातको बुढी औंला, मुख काट्दै घाँटी पनि रेट्न खोजेको वडा अध्यक्ष यादवले बताए । घाँटी रेट्न खोजेकै समयमा धनकौलतर्फ जाँदै गरेका एक जना मोटरसाइकल चालकलले बालिका चिच्याएको सुनेर घटनास्थल पुगी बालिकाको उद्धार गरेको उनले बताए ।

ती मोटरसाइकल चालकले नै बालिकाको उद्धार गरी उपचारका लागि पुर्याएका थिए । बालिकाको घाँटीमा ७ वटा र औंलामा तीन वटा टाँका लगाउनुपरेको छ ।

घट्नामा संलग्न युवक मुकेश मुखियालाई समातेर स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । मुखियाबिरुद्व करणीसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *