काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले बाल सारथि संस्थालाई आर्थिक सहयोग गरेको छ ।
काठमाडौंमा रहेको उक्त संस्थालाई बैंकले विद्यालय भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको हो । बाल सारथिले अनाथ तथा विपन्न वर्गका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्दै आइरहेको छ ।
बैंकले असल चरित्रवान् र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले बैंकले सारथिलाई सहयोग गरेको हो । साथै उक्त संस्थामा अध्ययनरत बालबालिकाहरूलाई वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको बैंकले जनाएको छ ।