१३ फाल्गुन २०७७, बिहीबार , १०:००

 कञ्चनपुुर जिल्लाको पुुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापालाई आइतबार ६ घण्टा कार्यकक्षमै थुनिएको छ।

नगरपालिकास्थित आन्दोलनरत सुकुमवासी तथा अव्यवस्थित बासोवासीहरुले आफुहरुको व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको भन्दै ६ घण्टासम्म कार्यकक्षमै थुनेका हुन्। उनलाई दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म कार्यकक्षभित्र तालाबन्दी गरेर थुनेका हुन्। नगरप्रमुखलाई साँझ थुनामुक्त गरेपनि तालाबन्दी भने कायमै राखिएको बताइएको छ।

नगरप्रमुख थापाले भूमि सम्बन्धी समस्या समाधान आयोगले पुनर्वास नगरपालिकालाई जग्गाको लालपुर्जा वितरणको प्रक्रियाबाट छुटाएपछि आक्रशित नगरवासीले संघर्ष गर्दै आएको  बताए। लालपुर्जा वितरणको अधिकार आफुलाई नभए पनि आफुले आयोग र संघीय भूमि मन्त्रालयलाई समेत पहलको लागि पत्रचार गरेपनि आक्रोशित नगरवासीले संघर्ष गर्दै आएको उनको भनाइ छ।

सुकुमवासी संघर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले आफुहरुले भोगचलन गर्दै आएको जमिनको लालपूर्जासहित व्यवस्थित बसोवासको माग गर्दै आएको र कार्यालयमा तालाबन्दी गरेको बताए।

कञ्चनपुरका अधिकांश स्थानीय तहहरुसँग आयोगले पुर्जा वितरण गर्न आयोग सँग सम्झौता गरेर काम थालेपनि पुनर्वासमा भने कुनै सुरसार नदेखाएपछि आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

यसअघि पनि संघर्ष समितिले पुस २० गते मौन जुलुस निकालेको थियो। पुनर्वासमा करिब ५ दशकदेखि अव्यवस्थित तथा सुकुम्वासीको रुपमा ४ हजार २ सयभन्दा बढी घरपरिवार बस्दै आएको बताइएको छ।

आन्दोलनकारिले नगरप्रमुख जीवन थापा ,पुर्व खानेपानीमन्त्री बिना मगर प्रदेश सभा सदस्य तारालामा तामाङ का बिरुद्द चर्को नाराबाजी गरेका थिए।हिजो मात्रै बिना मगरलाइ लखेटेको भिडियो सार्वजनिक थियो भने आज बिना निकट मेयर लाई थुनेका छ्न।निर्वाचित भएको 3 बर्ष सम्म पनि बिकासका नाममा केही नगर्दा पुर्व खानेपानी मन्त्री बिना मगर नगरप्रमुख जीवन थापा र तारालामा तामाङ प्रती जनता को अबिस्वास र आक्रोश बड्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *