११ मंसिर २०७७, बिहीबार , १२:२६

बुटवलः रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङको चक्कु प्रहारबाट उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै पक्राउ गरिएको छ ।

मादक पदार्थ सेवन (मापसे)गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गर्दा छोरा पदमले नबोल्न आग्रह गरेका थिए । सो क्रममा शेरबहादुरको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *