कंचनपुर , प्रचण्ड-माधब समुहका खास मानिने बेदकोट नेकपाका प्रमुख असोक कुमार चन्द ओली पक्षमा जाने भएका छन । सबै ठाउँ मा प्रचण्ड-माधब समुहले प्रधानमन्त्री ओलिका कार्यक्रम र भ्रमण बहिस्कार गर्दै आएको भएता पनि कंचनपुरमा यहि १० गते हुन गैइराखेकोको प्रधानमन्त्रीको भ्रमणलाई सफल पार्न असोक चन्द लागि परेका छन । अहिले सबैतिर उनी ओलि पार्टी मै जानलागेको रुपमा चर्चा हुन थालेको छ ।
उसो त उनी प्रचण्ड समुहका सुचना ओलि समुहलाइ दिदै आफ्नो नगर पालिका भित्र योजना पार्न लागेका छ्न। ओलि क्याबिनेटका मन्त्रीहरु सङ्ग लबिङ्गमा रहेको कुरा आफ्नो फेसबुक मार्फत पर्यटन मन्त्री र उनको सचिवालयलाई धन्यवाद दिएकाले माधवलाइनलाइ थप शंका पैदा गरेको छ।
हिजो एमाले भित्रको राजनीतिमा आफ्नो फायदा लागि खेमा बदल्ने गरेको पुर्ब एमालेहरु बताउछन । उनी राजनितीका चतुर खेलाडी हुन भन्नेकुरा २०५६ सालमा राप्रपा बाट एमाले प्रवेश गरेर पनि २०५४ मै एमालेबाट गाबिस अध्यक्ष भएका र पार्टीका जिल्ला उपाध्यक्ष समेत भै सकेका लालबहादुर खड्का लाई टिकटमा चिप्ल्याउदै मेयर बन्न सफल भएका थिए ।
उनि प्रचण्ड समूह लाई भने सरकरी कार्यक्रम भएकोले आफू जान बाध्य रहेको भन्दै ढाटी राखेका छ्न।अहिले प्रदेश सभा सदस्य समेत रहेका पार्टीमा इमानदार मानिने लालबहादुर खड्का भने अहिले प्रधानमन्त्री ओलिको कार्यक्रम बहिस्कार गर्ने सुरमा देखिएका छन ।
