१४ मंसिर २०७७, आईतवार , ०८:०२

२७ कात्तिक, रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै रौतहटको गौरमा स्थानीयले प्रदर्शन गरेका छन् ।

भन्सार नाका अगाडिबाट नेपाल–भारत आवतजावत गर्न दिन र पहिलेजस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

चाडपर्वका बेला किनमेलका गर्न भारतीय बजारसम्म जान नपाएको प्रदर्शनकारीले बताएका छन् । बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गर्नु उचित नहुने उनीहरुको भनाइ छ ।

गौर भन्सार बन्द भए पनि रौतहटकै लक्ष्मीपुर बेलबिछवा र पश्चिममा महादेवपट्टीबाट आवागमन केही हदसम्म सञ्चालन भइरहेको छ । तर भारतीय सुरक्षाकर्मीले मुख्य नाकाबाटै आवतजावत गर्न भन्दै अन्य नाकामा स्थानीयलाई रोक्न थालेको छ ।

एसएसबीले रोक लगाएपछि स्थानीयले गौर भन्सारको मुख्य नाका नै खुलाउन दबाब दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *