१३ फाल्गुन २०७७, बिहीबार , १०:३३

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अहिले विभाजित अवस्थामा छन्। आधिकारिक रुपमा पार्टी विभाजित नभएपनि अनौपचारिक रुपमा भने नेकपा दुई खेमामा बाँडिएको छ।
नेकपाका दुई खेमा केपी शर्मा ओली पक्ष र प्रचण्ड-नेपाल पक्ष यति बेला आफ्नो-आफ्नो रणनीति बनाइरहेका छन्। पार्टीको वैधानिकता र सूर्य चिन्हको विषयमा समेत विवाद देखिएपछि दुवै पक्ष निर्वाचन आयोग पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतीले संसद विघटन गरेपछि नेकपा स्पष्ट रुपमा विभाजित भएको थियो। जसलगतै प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले राजिनामा दिएका थिए। मन्त्री पदबाट राजिनामा दिएकाहरु यति बेला फुर्सदमा छन्।

यसै बीच राजिनामा दिने मध्येकै एक रहेकी बिना मगर यति बेला पहिला भन्दा फुर्सदिली भएकी छन।

मन्त्री हुन्दा ३ बर्षमा जम्मा ७/८ चोटि गृहजिल्ला पुगेकी बिना मगर अहिले फुर्सद को समयमा परिवार सहित घुम्न हिडेकिछिन भने उता आफ्नै निर्वाचन क्षेत्रमा भारतिय एस एस बि ले उखु किसानहरु उखु संकलनमा रोक लगाउदा समेत एक शव्द बोलेकी छैनन ।सिमा बिबादका कारण भारतिय प्रहरीले बारम्बार दुख दिए पनि बिना मगर आफ्नो कार्यकाल भरी सिमा समस्याका बारेमा एक शव्द बोलिनन।

फुर्सदको समय आफ्नो परिवारसँग बिताइरहेको एक तस्विर मगरले सामाजिक संजालमा पनि पोस्ट गरेकी छन्। मगरले सार्वजनिक गरेको तस्विरमा दुई छोरा र भाञ्जी समेत देखिएका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी समेत रहेकी मगरले तस्विर सार्वजनिक गर्दै लेखेकी छन्,”हामी पनि यता छौं है !”

निर्वाचन क्षेत्रका जनता माथी भारतिय पछ्यले ज्यादती गरेको समयमा बिना मगरको हामी यहाँ छौ भन्ने तस्बिर सार्वजनिक गरेपछि निर्वाचन क्षेत्रका जनता आक्रोशित बनेका छ्न।हामी दु:खमा पर्दा हामिले जिताएर मन्त्री भएकी मगर हामी समस्या पर्दा बेवास्ता गरेको भन्दै आक्रोश पोखेका छ्न।स्थानियका अनुसार हामी दिनदिनै भारतिय हरु सङ लड्दै छौ तर हामिले चुनेर पठाएका प्रतिनिधि मस्तीमा छ्न अब चुनाव आउदै छ यसको हिसावकिताव राम्रै सङ गर्छौ र बिना मगरले अब यो क्षेत्रमा चुनाव लड्न नआएहुन्छ यदि चुनावमा आए हामिले जिताएर पठाएपछी पाएको दु:खको बदला लिने बताए।।
आज किसानले उखु उठाउन नपाएको नौ दिन बित्दा समेत बिना मगरले मुख खोलेकी छैनन।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *