१४ मंसिर २०७७, आईतवार , ०८:१४

बलिउड फिल्म लोकप्रिय अभिनेत्री माधुरी दीक्षित ५३ वर्षमा लागेकी छिन् । १५ मे १९६७ मा जन्मिएकी उनी अभिनयमा अब्बलका साथै पढाईमा पनि उत्तिकै तेज थिइन् ।

उनले माइक्रोबायोलोजी विषयमा अध्ययन गरेकी छिन् । फिल्म क्षेत्रमा आउने चाहाना नहुँदा नहुँदै पनि यस क्षेत्रमा आएकी माधुरीलाई १४ पटक फिल्म फेयरमा नोमिनेशन र ६ पटक जित हासिल भएको छ ।

नृत्यमा पोख्त माधुरी कथक डान्सर हुन् । उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रुपमा पनि परिचित छिन् । उनले फिल्म ‘हम आपके है कौन’ मा सलमान खानले भन्दा बढी पैसा लिएकी थिइन् । यो फिल्मको लागि उनले २.७ करोड लिएकी थिइन् ।

करियरको पीक समयमा उनले डाक्टर नेनेसँग विवाह गरिन् । र, फिल्मबाट पनि टाढा गइन् । तर, उनको विवाहअघि बलिउड अभिनेता सञ्जय दत्तसँग गहिरो प्रेम थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार माधुरी र सञ्जयले विवाह गर्ने योजना बनाएका थिए । तर, सञ्जय दत्त जेल गएपछि उनीहरूको सम्बन्ध टुङ्गिएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *