१६ फाल्गुन २०७७, आईतवार , ०३:१३

काठमाडौं – लागूऔषध मुद्दाका फरार प्रतिवादी रोशी गाउँपालिका-११ ठेगाना भएका राजीब भनिने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत भक्तपुरको २०७१ फागुन १९ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका-११ स्थित लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनलाई कैद तथा जरिवाना बेरुजू फर्छ्याेटका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *