४ माघ २०७७, आईतवार , ०८:४७

काठमाडौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ ।

त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । ‘आंशिक शिक्षकले राखेका विषयमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको छ’, सूचनामा भनिएको छ ।

त्रिविले लामो समयदेखि रहेको आंशिक शिक्षकको समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका, विसं २०७७ ल्याइएको र सोही निर्देशिकाअनुसार नै शिक्षकका माग पूरा हुने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिविका आंशिक शिक्षकले निर्देशिकाका सम्बन्धमा केही माग राखी आन्दोलनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *