१४ मंसिर २०७७, आईतवार , ०६:४६
??????

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

नेकपा सचिवालय बैठक आजै दिउँसो १ बजे र मन्त्रिपरिषद् बैठक २ बजे बस्दैछ । त्यसपछि ओली बुधबार बिहान राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारी सक्रिय देखिएकी छन् । पार्टीभित्र समस्यामा परेका बेला ओलीले राष्ट्रिपतिलाई भेट्दै आएका छन् ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला सचिवालय बैठकको समय मिचेर ओलीले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बेलाएका थिए । तर, उनले मन्त्रिपरिषद बैठक एक घण्टा पारेका छन् ।

यता, सचिवालय सदस्य रहेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आजै पार्टीको सचिवालय बैठक बालुवाटारमै बस्ने बताएका छन् ।

शुक्रबारको सचिवालय बैठकमा प्रधानमन्त्री रहेका नेकपा अध्यक्ष ओलीको पत्र, त्यसको जवाफमा प्रचण्डको प्रत्युुत्तर पत्र र सचिवालय बैठकमा ओलीमाथि थप आरोपहरु लगाउँदै प्रचण्डले पेस गरेको प्रस्तावका कारण नेकपाभित्रको अन्तरविरोध नयाँ मोडमा पुगेको छ ।

प्रचण्डको प्रतिवेदनमा जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन् । तर, कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूह भने प्रस्तावमा बैठकमै छलफल हुनुपर्ने माग गर्दै आएको छ ।

जसका कारण बुधबार बस्ने भनिएको सचिवालय बैठकलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *