११ मंसिर २०७७, बिहीबार , ०१:४३

२७ कात्तिक, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकी आमा राति घरको शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ । गोलीको आवाज सुनेर शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको उनकि आमा सिता देवीले बताइन् ।

सुतिरहेको अवस्थामा युवतीको हत्या भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रेम प्रसंगका कारण उनको हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *