१८ मंसिर २०७७, बिहीबार , ०२:५०

वाशिङ्टन पोष्ट । अमेरिकी राष्ट्रपति निर्वाचन थप पेचिलो बन्न पुगेको छ । राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले स्पष्ट बहुमत ल्याएपनि डोनाल्ड ट्रम्पले भने त्यसलाई धाँधली बताएका छन् ।

“मैले चुनाव जितेँ” ट्रम्पले ट्विट गर्दै भनेका छन्, “मेरो पक्षमा ७ करोड १० लाख वैध भोट छन्, यो राष्ट्रपति हुनका लागि ऐतिहासिक मत हो ।”

अमेरिकाका अधिकांश राज्यले निर्वाचन परिणाम घोषणा गरिसकेका छन् । एशोसिएट प्रेसका अनुसार, हालसम्म बाइडेनले २९० इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ट्रम्पले २१४ मात्र पाएका छन् ।

भाडा, पेन्सिल्भेनिया र जर्जियाको मत परिणाम आएपछि बाइडेनले आवश्यक २७० इलेक्टोरल भोट भन्दा २० भोट बढी पाएका हुन । तर ट्रम्पले भने यसलाई स्वीकार गरेका छैनन् । रिपब्लिकन पार्टीले आज फिलाडेल्फियामा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

यता बाइडेनले भने बधाई थापिरहेका छन् । बाइडेनसँगै अमेरिकी इतिहासमा पहिलोपटक कमला ह्यारिस पहिलो उपराष्ट्रपति हुने भएकी छिन् ।

निर्वाचन परिणाममा कसले जित्यो भन्ने कुराको आधिकारिक घोषणा हुन भने अझै केही दिन पर्खिनुपर्ने भएको छ । ट्रम्पले जर्जियालगायतका राज्यमा पुनः मतगणनाका लागि मुद्दा दर्ता गरेका छन् । कतिपय राज्यमा सर्वोच्च अदालतले नै छिनोफानो गर्नुपर्ने स्थानीय अदालतले बताएका छन् ।

पछिल्लो परिणाम आएपछि राष्ट्रपति ट्रम्पले लगातार ट्विट गर्दै आफूले जितेको दावी गरेपछि यो विषय झनै पेचिलो बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *