१७ फाल्गुन २०७७, सोमबार , ०३:०२

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई मार्ने धम्की दिने एक युवकलाई पक्राउ गरिएको छ।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा फोन गरेर धम्की दिने नर्थ क्यारोलाइनाका २७ वर्षीय डेभिड के रिभेसलाई प्रहरीले अघिल्लो साता संघीय अभियोगमा पक्राउ गरेको हो।

डेभिडले जनवरी अन्तिमदेखि फेब्रुअरी पहिलो सातासम्म ह्वाइटहाउसमा फोन गरेर ‘म बाइडेनको घाँटी काट्छुु’ भन्दै धम्की दिएका थिए । अभियोजनकर्ताहरूका अनुसार उनले क्यापिटल प्रहरी र सेक्रेट सर्भिस एजेन्टलाई पनि धम्की दिने गरेका थिए।  

अमेरिकी राष्ट्रपतिलाई धम्की दिनेलाई पाँच वर्ष जेल र २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *