काठमाडौं – आज सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १३६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।