१७ फाल्गुन २०७७, सोमबार , ०३:४५

काठमाडौं – राष्ट्रिय महिला लिगमा उपाधिको प्रमुख दावेदार टिम एपीएफले अर्को विभागिए टिम नेपाल पुलिस क्लवलाई हराउँदै उपाधि यात्रा निकै मजबुत बनाएको छ । जारी लिगमा अपराजित एक्लो टिम एपीएफले नेपाल पुलिसलाई दुई एक गोलले हरायो ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा रविना गोलेले निर्णायक गोल गर्दा एपीएफले कठिन जित हात पार्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८ औं मिनेटमा एपीएफले अग्रता बनाएको थियो । एपीएफको आक्रमणलाई क्लियर गर्ने क्रममा पुलिसकी कप्तानको खुट्टामा बल ठोकिएर आफ्नै पोष्टमा गोल हुन पुग्यो ।

तर ७५ औं मिनेटमा पुलिसले खेल बराबरी गर्न सफल भयो । उसका लागि अम्बिका जैशीले उत्कृष्ट गोल गर्न सफल भइन । उनले करिव ३० यार्डबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको थियो ।८५ औं मिनेटमा एपीएफले फेरी खेलमा अग्रता बनायो । उसका लागि रविना गोलेले गोल गर्न सफल भइन ।

त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र एपीएफले पहिलो पटक जारी लिगमा अंक बाढ्यो । यो बराबरीपछि एपीएफको १० खेलमा ३० अंक भएको छ । जसका कारण दोस्रो स्थानका आर्मीसँगको दुरी पाँच अंकमा पुर्याएको छ । यता पुलिसले १० खेलमा १४ अंक बनाउँदै लिगको चौथो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *