१५ माघ २०७७, बिहीबार , ०२:०५

काठमाडौं। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यस वर्ष आइपीएलबाट ६५ अर्ब रुपैयाँ आम्दानी गरेको छ। बीसीसीआईका कोषाध्यक्ष अरुण धुमलका अनुसार बीसीसीआईले यस वर्ष आइपीएल आयोजना गर्दा ३५ प्रतिशत खर्च कटौती गरेको थियो । 

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यो वर्ष आइपीएलका ६० वटा खेल युएईको दुबई, आबुधाबी र सारजाहमा भएका थिए । गत वर्षभन्दा २५ प्रतिशतले टिभी भ्युअरसीप बढेको बीसीसीआईले जनाएको छ।

आइपीएलको इतिहासमै मुम्बइ इन्डियन्स र चेन्नई सुपर किङ्ग्सबीचको ओपनिङ म्याचमा सर्वाधिक भ्युअरसीप पाएको बीसीसीआईले जनाएको छ। 

बीसीसीआईले सन् २०१७ देखि पाँच वर्षका लागि आइपीएलको टेलिभिजन प्रसारण अधिकार स्टार नेटवर्कलाई २६ अर्ब रुपैयाँभन्दा बढीमा बेचेको थियो। 

बीसीसीआईले भारतमा कोरोना महामारीका कारण आइपीएल आयोजना नगर्ने भएपछि युएई र श्रीलंकाका क्रिकेट बोर्डले आइपीएल आयोजना गर्न औपचारिक प्रस्ताव गरेका थिए। युएईमा यसअघि पनि प्रतियोगिता आयोजना भइसकेको र हरेक स्टेडियम बसबाटै जान सकिने भएकाले खर्च कम हुने देखेर बीसीसीआईले श्रीलंकाको प्रस्ताव अस्वीकार गरेको थियो।  

आइपीएलमा सहभागी अधिकांश टिमको स्क्वाडमा ४० जनाभन्दा बढी सदस्य थिए। जसमध्ये मुम्बइ इन्डियन्समा एक सय ५० भन्दा बढी सदस्य थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *