१७ फाल्गुन २०७७, सोमबार , ०४:४९

काठमाडौँ – ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ ।

बिओके क्यापिटल बिक्री प्रबन्धक रहेको ग्रीनलाइफको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । जसअनुसार ३ लाख २५ हजार १६३ जनाले १० कित्ता सेयर पाएका छन् भने २ जनाले ११ कित्ता सेयर पाएका छन् ।

गोलाप्रथामा १३ लाख १९ हजार ५९ जना आवेदक सहभागी गराइएको थियो । आईपीओ माग गर्दै १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएका थिए । त्यस्तै ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *