१७ फाल्गुन २०७७, सोमबार , ०३:२१

नेपालमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । नेपालमा  हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५३३  रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।

यस्तै कोरोनाका कारण मृत्यू हुनेको संख्या ४ रहेको छ । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ६५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *