९ माघ २०७७, शुक्रबार , ०५:२८

काठमाडौंः नेपालमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७३० पुगेको मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

मंगलबार १ हजार ९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

नेपालमा हाल ९ हजार ८८१ जना सक्रिय संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *