१७ फाल्गुन २०७७, सोमबार , ०४:१३

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार भट्टराई आज बिहान ९ बजे नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना भएका हुन् । सोमबार अस्पतालका वरिष्ठ चिकित्सक डा। विक्रम भाटियाले भट्टराईको प्रारम्भिक परीक्षण गरेका थिए ।

भट्टराईले यसअघि ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा भट्टराईलाई न्यूरो–इण्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको छ । लामो समयदेखि पेटको समस्या पीडित भट्टराई थप उपचारका लागि आइतबार नयाँदिल्ली आएका हुन् । उनको साथमा श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे समेत छन् । उनीहरु सबै जना दिल्लीस्थित नेपाली दूतावासमै बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *