१५ माघ २०७७, बिहीबार , ०२:१०

प्रजातन्त्र बिरोधी भनिप्रचार गरिने चिनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भएको प्रदर्शनमा कसैको ज्यान गएन तर प्रजातन्त्रको पुजारी भनिने अमेरिकामा अलि त्यस्तै झझल्को दिने प्रदर्शन एक दिन हुँदा प्रहरीको गोली लागी एक जनाको घटनास्थलमै मृत्यु भएको छ प्रदर्शन मै अन्य तीन जनाको पनि मृत्यु भएको छ

प्रहरीले चलाएको गोली घाटिमा लागी उनको मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन

प्रदर्शनकारी तथा क्षतिका हिसाबमा हेर्ने हो भने अमेरिकामा भएको प्रदर्शन चिनमा भएको प्रदर्शनका अगाडी निरिह भिड जस्तो मात्रै देखिन्छ

अमेरिकामा प्रदर्शनकारी मारिदा पनि पश्चिममा मुलुक मौन छन के अमेरिकामा प्रदर्शनकारी मारिदा बल प्रयोग हुँदा मानब अधिकार हनन हुँदैन – रुस

बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए ।

प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो । प्रहरीले गोली चलायो । गोली लागेर घाइते भएकी एक महिलाको निधन भयो । थप तीन जनाको मृत्यु भएको वासिङटनका मेयरले जानकारी दिएका छन् ।

ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिल्समा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

क्यापिटोल हिल (अमेरिकी संसद) मा हिंसात्मक प्रदर्शन भएसँगै बिहीबार बिहानसम्मका लागि कफ्र्यू घोषणा गरिएको छ । वासिङटन डीसीमा १५ दिनका लागि आपतकाल घोषणा गरिएको छ ।

वासिङटन डीसीका मेयर म्युरियल बाउसरले धेरै मानिसहरु हतियारसहित हिंसामा उत्रिएको र उनीहरुले तोडफोठका साथै इँटा, बोतल, बन्दुकको प्रयोग गरेको बताएका छन् । हिंसात्मक गतिविधि अझै जारी रहेको भन्दै उनले वासिङटन डीसीमा १५ दिन सार्वजनिक आपतकाल घोषणा गर्नुपरेको बताएका छन् ।

आपतकाल जनवरी २१ अर्थात राष्ट्रपति जो बाइडनको शपथग्रहणको भोलिपल्टसम्म जारी रहनेछ ।

क्यापिटोल बिल्डिङको चारैतर्फका सडकमा सुरक्षाव्यवस्था कडा पारिएको छ । वासिङटन प्रहरी प्रमुखले दिएको जानकारीअनुसार बुधबार राति साढे नौ बजेसम्म ५२ जनालाई गिरफ्तार गरिएको छ, जसमध्ये ४७ जनालाई कफ्र्यू उल्लंघन तथा गैरकानुनीरुपमा प्रवेश गर्न खोजेको आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *