१६ फाल्गुन २०७७, आईतवार , ०३:५२

काठमाडौं – बलिउड अभिनेता राजीव कपूरको निधन भएको छ । ऋषि कपूरको निधन भएको एक वर्ष नपुग्दै भाइ राजीवको निधन भएको हो ।

ऋषि कपूरको २०२० को अप्रिल ३० मा निधन भएको थियो । ऋषि कपूरकी पत्नी नीतु कपूरले राजीवको निधन भएको पुष्टि गरेकी हुन् । नीतुले ५८ वर्षीय राजीवको फोटो शेयर गर्दै ‘रेस्ट इन पीस’ लेखेकी छिन् ।

रिपोर्टका अनुसार राजीवलाई हृदयाघघात भएको थियो । लगत्तै दाजु रणधीरले उनलाई चेम्बुरको इनलक्स अस्पताल लिएर गएका थिए । डाक्टरले अस्पतालमा उनलाई मृत घोषित गरेका हुन् ।

रणधीरले पनि यसको पुष्टि गर्दै एक समाचार वेबसाइटसँग भनेका छन् ‘मैले मेरो भाइलाई गुमाएको छु । डाक्टरहरुले उनलाई बचाउन पूरा कोसिस गरे तर उनी बच्न सकेनन् । म अस्पतालमा छु र उनको शवको प्रतिक्षा गरिरहेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *