९ माघ २०७७, शुक्रबार , ०५:०७

काठमाडौं – प्रहरीले बाघको छालासहित काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट एकजनालाई पक्राउ गरेको छ । यस्तै पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् ।

प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको छ ।  प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *