१५ माघ २०७७, बिहीबार , ०१:०९

नाडेप लघुवित्तको शेयर कारोबार रोक्का भएपनि नेप्सेमा भने कम्पनीकाे शेयर काराेबार भएकाे छ।  डिप्रोक्स लघुवित्तले नाडेपलाई प्राप्ती गर्ने प्रारम्भिक सम्झौता भएपछि शेयर कारोबार रोक्का भएको थियाे।

तर लघुवित्तको शेयर कारोबार रोक्का भएपनि नप्सेकाे १०० कित्ता शेयर कारोबार भएको देखिएको छ। लघुवित्तको १०० कित्ता बराबरको १ लाख ३ हजार ९ सय रुपैयाँ बराबरको कारोबार भएको हो।

रोक्का भएको कम्पनीको सेयर कसरी कारोबार भयो भन्नेमा लगानीकर्ता अचम्मित छन । यसले पनि नेप्सेको सिस्टममा कही न कही खराबि छ भन्ने पुस्टी हुन्छ ।

अब यो करोबारलाई नेप्सेले के गर्छ भन्ने कुरा भने हेर्न बाकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *